युबराज दिपेन्द्रका संगीत गुरु थिए जयनन्द लामा

स्वर्गिय जयनन्द लामा कुनै समय तत्कालिन युवराज दिपेन्द्र बिरबिक्रम शाहदेब र उनकी बहिनी श्रृतिराज्य लक्ष्मीदेबी शाहका संगीत गुरु थिए । उनले दबरबारमै गएर उनीहरुलाई संगीत सिकाउने गर्थे । पछिल्लो समय पनि उनले बिभिन्न संगीत प्रशिक्षण केन्द्रमा संगीतको प्रशिक्षण गराउदै आएका थिए ।
बहुमुखी प्रतिभाका धनी लामा लोकगायक र कलाकारका रुपमा बढी चिनिन्छन् । १३ वर्षको उमेरदेखि लोकगीत संगीतमा लागेका लामाले शास्त्रीय संगीतमा स्नात्तोकोत्तर गरेका छन् । नेपाली संगीतको मौलिक लिपी बिंगुलको अनुसन्धानकर्ता समेत रहेका लामाले झण्डै २५ वर्ष यही लिपीको अनुसन्धानमा खर्चिएका छन् ।
सबै कुरा सिद्धान्त अनुसार हुने भए पनि लोकसंगीतको कुनै सिद्धान्त नभएको भन्दै लामाले लामो समयको अनुसन्धान पनि दुई पुस्तक लेखेका थिए । २०६४ सालमा नेपाली संगीत वर्णमाला र २०६६ सालमा संगीतको सिद्धान्त नामक पुस्तक उनले बजारमा ल्याएका छन्
रेडियो नेपालमा लोकगीत प्रबन्धकका रुपमा रहदा होस् वा प्रज्ञा प्रतिष्ठानमा क श्रेणीको गायकका रुपमा कार्यरत रहदा नै किन नहोस् झण्डै ५ वर्ष उनी लोकगीतको अनुसन्धानका लागि देशका बिभिन्न स्थानमा पुगेका छन् । उनले त्यही क्रममा गरेको अनुसन्धानका आधारमा ७ वटा पुस्तक लेख्ने योजना बनाएका थिए । तर, त्यो अब अधुरै रहेको छ ।
नेपाली संगीतको इतिहास वैदिक युगदेखि शुरु भएको उनको मान्यता छ । उनी यही कुरालाई स्थापित गर्ने तयारीमा जुटेका थिए ।
त्यसो त सन् १९७० मा उनका गीतहरु संकलित एल्बम रिलिज भएको थियो । त्यही एल्बम नेपाली सांगीतिक इतिहासकै पहिलो एल्बम भएको उनको दाबी थियो ।
लामाले थुप्रै अवार्ड, पुरस्कार र सम्मानहरु प्राप्त गरेका छन् ।
Latest Updates
-
-
‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको निर्देशक खनालको प्रष्टोक्ति
-
-
दोस्रो सातामा ‘पिताम्बर’लाई उत्साहजनक शो, ‘कर्मा’लाई जम्मा ११
-
-
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel