Mahajatra

चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक

२०७५ मंसिर २३
चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक

चलचित्र ‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ‘जे सुकै होस्’लाई म्युजिक भिडियो निर्देशन गर्दे आएका उमेश गुरुङले निर्देशन गरेका हुन् ।

क्वालिटी फिल्मस् प्रा। ली।को ब्यानरमा निर्माण गरिएको चलचित्रमा नवराज जंग थापाको लगानी रहेको छ । चलचित्रमा उमेश गुरुङ, चन्दा दाहाल, किस्मत तामाङ, रोशन श्रेष्ठ, सोनी गुरुङ, मेलिना ठकुरी, एन। बि। अन्जान, इश्वर फुयाँल, कृष्णा भटराई, उद्धव तिमिल्सीना, सुनिल कटुवाल, राजु श्रेष्ठलगायतका कलाकार अभिनय रहेको छ ।

चलचित्रमा उमेश गुरुङको कथा, उमेश गुरुङ र एन। बि। अन्जानको पटकथा तथा संवाद, सुरेश अधिकारी, लक्षण शेष, नवराज जंग थापा र डि आर अतुको संगीत, उमेश गुरुको कोरियोग्राफी, बनिष शाह र शालिक दुलालको सम्पादन रहेको छ । पौष २० गते चलचित्र प्रदर्शन हुने जनाइएको छ ।