‘जेरी २’को टाइटल फन्ट बनाउदा ५० हजार पुरस्कार
अनमोल केसी स्टारर चलचित्र ‘जेरी २’को लागि निर्माण पक्षले ‘टाइटल फन्ट डिजाइन कम्पिटिसन’ आव्हान गरेको छ । इच्छुकले आफ्नै परिकल्पनामा फन्ट डिजाइन गर्नु पर्नेछ । यसमा नक्कल गरिएको डिजाइन मान्य हुनेछैन ।
पुष १० अर्थात डिसेम्बर २५ सम्म प्रतिस्पर्धीले आफ्नो डिजाइन ‘Nepmoviesentertainment@gmail.com’ ठेगानामा पठाइसक्नु पर्नेछ । निर्धारित मिति भन्दा ढिलो पठाइएको डिजाइनले प्रतिस्पर्धामा भाग लिन नपाउने निर्माण पक्षले बताएको छ ।
जुरीको मुल्यांकनका आधारमा विजेता छनोट गरिनेछ । उत्कृष्ट डिजाइन चलचित्रमा समावेश हुनेछ भने विजेताले ५० हजार नगद जित्नेछन् ।
हेमराज बिसीले निर्देशन गर्ने चलचित्रको अहिले प्रि–प्रोडक्सनको काम भइरहेको छ । अनमोलसंगै चलचित्रमा पूर्णिका सिजापति मुख्य भूमिकामा फाइनल भइसकेकी छिन ।
‘जेरी २’मा हेमराज र अनमोलको ६ वर्षपछि सहकार्य हुन लागेको हो । यसअघि उनीहरुले होस्टल, जेरी र गाजलुमा एकसाथ काम गरेका थिए ।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण हुने ‘जेरी २’लाई सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठले निर्माण गर्नेछन । सरोजले यसअघि हेमराज निर्देशित चलचित्र ‘सम्बोधन’ र ‘द ब्रेकअप’मा लगानी गरिसकेका छन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora