‘जेरी अन टप’को गीत बाहेकको छायांकन समाप्त

२०८१ चैत्र १२
‘जेरी अन टप’को गीत बाहेकको छायांकन समाप्त

चलचित्र ‘जेरी अन टप’को दुई गीत बाहेकका सम्पूर्ण दृष्यको छायांकन सकिएको निर्माण टिमले जनाएको छ । सोमबार हिमालपारीको जिल्ला मुस्ताङमा चलचित्रको छायांकन सम्पन्न गरेर कलाकार सहितको टिम काठमाडौं रिटर्न भएको छ ।

सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका ठाउँमा चलचित्रको छायाँकन गरिएको छ । चलचित्रका केहि दृश्य काठमाडौंमा सेट लगाएर गरिएको हो । निर्माण टिमले बाँकी दुई मध्ये एउटा गीत नेपालमा र अर्को गीत भारतका छायांकन गर्ने जनाएको छ ।

सुयोग गुरुङको निर्देशन रहेको चलचित्रमा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, सुरक्षा पन्त, उषा खड्की लगायतको अभिनय छ । 

अनन्या फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सरोज न्यौपाने हुन् । निर्माता न्यौपानेले उत्कृष्ट चलचित्र तयार पार्नका लागि आवश्यक कुनै पक्षमा पनि सम्झौता नगरिएको जनाए । गत सातामात्रै चलचित्रको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार एलजी एसोसिएट्सले खरिद गरिसकेको छ ।