‘झिल्को’को पोष्टरमा मोवाइलले वालबालिकामा परेको असर !

चलचित्र ‘झिल्को’को पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रले प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरेका निर्देशक यादबकुमार भट्टराईले जनाएका छन् ।
सार्वजनिक पोष्टरले पनि यसलाई स्पष्ट पारेको छ । पोष्टरमा स्कुले पोसाकमा रहेकी बाल कलाकार आयुषी ढकाललाई हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ भने उनको पछाडि कलाकार सुनिल पोखरेललाई गम्भीर भावमा देख्न सकिन्छ । यसअघि सार्वजनिक गरिएको टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको थियो ।
निर्देशक भट्टराईले प्रविधिको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश चलचित्रले बोकेको बताए । निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरू निर्देशन गर्दै आएका छन् । उनले चलचित्र ‘झोला’मा सती प्रथा र ‘भोर’मा दाइजो प्रथाको विषय उठाएका थिए ।
चलचित्रमा आयुषि र सुनिल सहित वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ जेभिस श्रेष्ठ लगायतको अभिनय छ । दीपक बज्राचार्यको छायांकन रहेको चलचित्रमा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र उत्तम न्यौपानेको साउण्ड मिक्सिङ छ । कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । चलचित्रमा आनन्द अधिकारीको गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत र शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ । मिडिया फर कल्चर प्रा. लि.को प्रस्तुति रहेको चलचित्रमा जनता टिभिले निर्माण सहकार्य गरेको छ । चलचित्र आगामी वर्षको वैशाख १९ गते रिलिज हुँदैछ ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel