गायिका आचार्यको ‘झिमझिम परेली’ सार्वजनिक
गायिका निता आचार्यको स्वरमा ‘झिमझिम परेली’ बोलको गीत सार्वजनिक भएको छ । बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा गायिका आचार्यलाई स्वरमा प्रताप दासले साथ दिएका छन् भने डिपी खनालको शब्द, शंकर थापा ‘स्माईल’को संगीत र बिषम आचार्यको संगीत संयोजन छ । यस्तै केशवराज भट्टले निर्देशन गरेको गीतको भिडियोमा अलिशा शर्मा र बद्रीप्रसाद तिवारीलाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा बन्दे प्रसादको सम्पादन छ ।
गायिका आचार्यको सभापितत्वमा भएको कार्यक्रममा गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, नेपाली फिल्म सोसाइटिका अध्यक्ष, अभिनेता एवं निर्माता कृष्ण मल्ल, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, पिम नेपालका अध्यक्ष माधव खरेल, सदाबाहार नायिका शर्मिला मल्ल, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, गायिकाका बुबा सुरेन्द्रप्रसाद आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।
अभिनेता एवं निर्माता कृष्ण मल्लले गीत कला क्षेत्रको सर्वव्यापी माध्यम भएको बताउँदै सार्वजनिक गीत ‘झिम झिम परेली’ सबैले रुचाउनेमा आफू विश्वस्त रहेको बताए । यस्तै गीतकार संघका अध्यक्ष थापाले राम्रो गीत र भिडियो पनि त्यतिकै उत्कृष्ट रहेको भन्दै बधाई तथा शुभकामना दिए । संगीतकार शंकर थापा स्माइलले स्वागत मन्तव्य राख्दै गीतको रेकर्डिङदेखि भिडियो बन्दा सम्मका विभिन्न अनुभव सुनाएका थिए ।
गायिका आचार्यले आफू जहाँ भएपनि गीत संगीतसँग जोडिने बताउँदै छिट्टै अर्को गीत पनि स्रोता÷दर्शकमाझ ल्याउने तयारीमा रहेको जानकारी गराइन ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
