प्रकाश र देवीको स्वरमा ‘हल्कारा’को ‘जीवन कठै बरी’
चलचित्र ‘हल्कारा’को ‘जीवन कठै बरी’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रकाश सपुतको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा प्रकाश र देवी घर्तीको स्वर रहेको छ । सार्वजनिक भिडियोमा केहि संवादहरु समेत राखि वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ।
गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई चलचित्रले प्रस्तुत गर्ने जनाइएको छ ।
महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । चलचित्रले विभिन्न चलचित्र महोत्सवहरुमा सहभागिता जनाई केही अवार्डहरु समेत प्राप्त गरिसकेको छ ।
Latest Updates
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev