Missing: Kt Harayeko Suchana
Juna
Rangi

बृत्तचित्र ‘जोगी, रातका देवता’ सार्वजनिक

२०७७ श्रावन २६
बृत्तचित्र ‘जोगी, रातका देवता’ सार्वजनिक

परम्परागत रुपमा चल्दै आएको फेरी लगाउने चलन माथी तयार पारिएको बृत्तचित्र ‘जोगी, रातका देवता’ सार्वजनिक गरिएको छ ।

दयाराम घिमिरेको निर्देशन रहेको यो डकुमेन्ट्रीले नेपालमा २ वटा अवार्ड जितिसकेको छ भने ३ वटा अन्र्तराष्ट्रिय डकुमेन्ट्रि फेष्टिफलमा अफिसियल सेलेक्सन भएको थियो । सोसल मिडिया फिल्म अवार्ड र काठमाण्डौ सर्टफिल्म फेष्टामा यो डकुमेन्ट्री उत्कृष्ठ घोषित भएको थियो ।

रातको समयमा जोगीले घर – घर घुमेर मन्त्र बोल्दै घरको शान्तीको लागी शंख बजाउदै हिड्ने र बिहान घर घरमा पुगेर सिधा उठाउने चलनलाई बृत्तचित्रमा उतारिएको निर्देशक घिमिरेले जानकारी दिए । बिस्तारै लोप हुन लागेको यो परम्परालाई सबै माझ पुर्याउने उद्देश्यले बृत्तचित्र तयार पारिएको निर्देशक दयारामको भनाइृ छ । बृत्तचित्रमा फेरी लगाउदै हिड्ने ओम नाथ जोगीलाई नै फिचर गरिएको छ ।

हार्दिक मिडियाको प्रस्तुतीमा तयार भएको डकुमेन्ट्रिलाई हरि उप्रेती र दयारामले निर्माण गरेका हुन् भने तेनहाङ राई सहनिर्माता हुन् । 
 

Kumari Bank