चलचित्र ‘जम्प’को गीत ‘फेरी फर्किन्छ’ सार्वजनिक

चलचित्र ‘जम्प’मा समाबेश ‘फेरी फर्किन्छ’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विशाखा चन्द र भाष्कर स्वारको स्वर र भाष्कर स्वारको शब्द तथा संगीत रहेको छ ।
आशुतोष ध्वज कार्कीको लेखन तथा निर्देशनमा बनेको चलचित्र मंसिर २९ गतेबाट प्रदर्शनमा आउनेछ । क्रियटिभ माकुरा मिडियाको ब्यानरमा बनेको चलचित्रमा सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्ग्बो, शंकर महर्जन र प्रवल कंडेलको मुख्य भूमिका छ । विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने विश्वास रहेको लेखक तथा निर्देशक कार्कीले बताए ।
चलचित्रको कार्यकारी निर्माता इशा खड्का हुन् । क्रिएटिभ माकुरा टिममा आशुतोष ध्वज कार्की, प्रसन थापा, देबेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवाल रहेका छन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi