प्रदर्शनमा आए ‘जुना’ सहित अन्य दुई चलचित्र

चलचित्र ‘जुनाः एक व्यथा’ प्रदर्शनमा आएको छ । च्यारिटि शोहरुमा निकै प्रसंसा पाएको यो चलचित्रले देशभर उल्लेख्य शोहरु पाएको छ ।
दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको चलचित्र बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको जनाइएको छ । चलचित्र गोदावरी चलचित्र प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको हो ।
चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ । चलचित्रमा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ ।
यस्तै आजबाटै चलचित्र ‘ममी’ र ‘सारङ्ग’ पनि प्रदर्शनमा आएका छन् । यद्यपी ‘जुनाः एक व्यथा’को चर्चाका कारण यि दुवै चलचित्र छायाँमा परेका छन् ।

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral
Next Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma