Missing: Kt Harayeko Suchana
Juna
Rangi

जितु अभिनित ‘ज्वाइँ साब’ पनि असोज २४ मै रिलिज हुने

२०८१ श्रावन २९
जितु अभिनित ‘ज्वाइँ साब’ पनि असोज २४ मै रिलिज हुने

चलचित्र ‘ज्वाइँ साब’ दशैंको फूलपाती अर्थात असोज २४ गतेबाट प्रदर्शन आउने भएको छ । मंगलबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फूलपातीलाई प्रदर्शन मिति घोषणा गरिएको हो ।

यसअघि सोही मितिमा चलचित्र ‘छक्का पञ्जा ५’ले प्रदर्शन मिति घोषणा गरिसकेको छ । ‘छक्का पञ्जा’ सिरिजकै केही चलचित्रमा काम गरेका अभिनेता जितु नेपाल ‘ज्वाइँ साब’मा केन्द्रीय भूमिकामा छन् । यसले गर्दा एकै दिन यि दुई चलचित्र प्रदर्शन हुनुलाई संयोग मात्र मानिएको छैन ।

बसन्त को निर्देशन रहेको ‘ज्वाइँ साब’को पोस्टरमा जितु र अभिनेत्री नीति शाह बेहुला–बेहुलीको पहिरनमा देखिएका छन् भने कलाकारहरु बुद्धि तामाङ र हिमेश पन्तलाई पनि स्थान दिइएको छ । राजकुमार पण्डितको प्रस्तुति रहेको चलचिमा शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवहरि वैरागी, राजेन्द्र नेपाली, कविता आले लगायतको पनि अभिनय छ । चलचित्रमा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ । चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता र मीनादेवी खड्का, सौगात पण्डित र पदमलाल तामाङ निर्माता छन् ।

Kumari Bank