‘ज्वाइँ साब’ अब अष्ट्रेलियामा

२०८१ मंसिर २
‘ज्वाइँ साब’ अब अष्ट्रेलियामा

चलचित्र ‘ज्वाइँ साब’ नोभेम्बर २२ देखि अष्ट्रेलियाको सिड्नीमा रिलिज हुने भएको छ । जितु नेपाल र निती शाह स्टारर चलचित्र सिड्नीको हर्स्टभिलस्थित सिभिक थिएटरमा रिलिज हुन लागेको हो ।

वसन्त निराौला निर्देशित चलचित्रलाई पाल्पा इन्टरटेनमेन्टले सिड्नीमा रिलिज गर्न लागेको हो । नेपाल रिलिजबाट लगानी उठाएको चलचित्रले राम्रै समीक्षा पाएको थियो ।

पाल्पा इन्टरटेनमेन्टका दिनेश श्रेष्ठका अनुसार सिड्नीमा दर्शकले ‘ज्वाइँ साब’को माग गरेपछि रिलिज गर्न लागिएको हो । उनले अन्य शहरहरुमा पनि चलचित्र रिलिजको तयारी भइरहेको जानकारी दिए ।

राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।

रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।

Kumari Bank
Aktor