Mahajatra

कबड्डी कबड्डी कबड्डी निर्माण हुने

२०७६ जेष्ठ १
कबड्डी कबड्डी कबड्डी निर्माण हुने

चलचित्र कबड्डीको दोस्रो सिक्वेल कबड्डी कबड्डी कबड्डी निर्माण हुने भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्र निर्माणको औपचारिक घोषणा गरिएको हो ।

रामबाबु गुरुङको निर्देशन हने चलचित्रमा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, बुद्धि तामाङ, विल्सनविक्रम राई, अरुणा कार्की, विजय बराल, कमलमणि नेपाल, रिश्मा गुरुङ, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहने छ ।

बासुरी फिल्मसको निर्माण र सिनेमा आर्टको प्रस्तुति रहने चलचित्रमा माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियार चलचित्रका निर्माता हुन् ।

जेठ ५ देखि छायाँकनमा जाने चलचित्रमा रामबाबु र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र ध्वज कार्कीको छायाँकन र रोहित शाक्यको पार्श्वसंगीत रहने जनाइएको छ ।