चुनाबका कारण पछि सर्यो ‘कबड्डी ४’

स्थानिय तहको निर्वाचनका कारण चलचित्र ‘कबड्डी ४ः द फाइन म्याच’को प्रदर्शन पोस्टपोन्ड गरिएको छ । यसअघि बैशाख २३ गते प्रदर्शन गर्ने तय भएको भएपनि अब यो चलचित्र जेष्ठ १३ गतेबाट प्रदर्शन हुनेछ ।
रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, स्व. जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शरद अधिकारी लगायतका कलाकारको अभिनय छ ।
बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी, अनुपम शर्माको संगीत, रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।
चलचित्रलाई विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले निर्माण गरेका हुन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi