‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति पोस्टपोण्ड, नयाँ मिति असोज ३

चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को प्रदर्शन मिति पोस्टपोण्ड भएको छ । यस अघि भाद्र १३ गतेलाई प्रदर्शन मिति पक्का गरेको चलचित्र अब भने असोज ३ गतेबाट प्रदर्शनमा आउने भएको हो । रामबाबु गुरुङ निर्देशित चलचित्रको प्रदर्शन मिति प्राविधिक कारणले सारिएको निर्माण टिमले जनाएको छ ।
स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।
बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रका सहलगानीकर्ता रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, हर्क साउदको शब्द, एसडी योगीको संगीत, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर र रेनशा राई राणाको नृत्यनिर्देशन रहेको छ ।

Latest Updates
-
‘वसन्त’को गीत ‘बिना स्वादैको’ म्युजिक ट्रेन्डिङको शिर्ष स्थानमा
-
‘मितज्यू’बाट चलचित्रमा डेब्यु गर्दै तेरिया, अभिनेतामा दयाहाङ
-
चलचित्र ‘राजागंज’को सेन्सर पास, सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट
-
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral