चलचित्र ‘ऊनको स्वीटर’को गीत ‘काफ्ले’ सार्वजनिक

वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीत सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको बिग मुभिजमा आयोजित कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । गीतमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत तथा झुमा र सुजन चापागाईँको स्वर रहेको छ ।
गीत सार्वजनिक समारोहमा चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए । उनका अनुसार अभिनेता विपिन कार्कीले चलचित्रमा ‘धरणीधर काफ्ले’को भूमिका निर्वाह गरेका छन्, जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धान समेत गरिएको थियो ।
गीतकार युवराज काफ्लेले आफ्नो थरलाई गीतमार्फत ब्रान्डमा बदल्ने पुरानो सपना पूरा भएको बताए । गायक सुजन चापागाईँले ‘ऊनको स्वीटर’ गीतको संरचना वर्णन गर्दै धेरै रङका धागाहरूलाई बटुलेर चलचित्र बनाएको बताए । कार्यक्रममा झुमा लिम्बू र सुजन चापागाईँले यही गीतमा प्रत्यक्ष प्रस्तुति समेत दिएका थिए ।
अभिनेता विपिन कार्कीले चलचित्रमा काम गर्नु रमाइलो अनुभव भएको बताए । ‘अटो भर्ने कुरामा आफ्नै याद आउँछन् । विद्यालयमा हुँदा मैले धेरै साथीहरूलाई अटो लेखेको छु’, उनले अनुभव सुनाए, ‘यस चलचित्रमा कतिपय आफ्नै अनुभव पनि छन् ।’ अभिनेत्री मिरुना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन् । अभिनेता विल्सन विक्रम राईले यो चलचित्रमा अभिनय गर्दाको समयलाई आफ्नो ‘लक्की टाइम’को रूपमा चित्रित गरे ।
आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक चलचित्र भएको बताइउको छ । विपिन कार्की र मिरुना मगर प्रमुख भूमिकामा रहेको यस चलचित्रमा विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय रहेको छ ।
सुजन चापागाईँ गीत निर्देशक रहेको चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् । चलचित्रमा सुरज कटुवाल सह–लेखकका रूपमा रहेका छन् । सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजका जीवन्त रङ्गहरूलाई एउटै धागोमा बाँध्ने प्रयास गरिएको निर्देशक चौहानले बताए ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel