चलचित्र ‘कागजपत्र’ को गीत सार्वजनिक
चलचित्र ‘कागजपत्र’ को पहिलो गीत सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रमा समावेश ‘माया संसार’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा हर्कुलस बस्नेतको शव्द, संगीत र स्वर रहेको छ ।
अपिल विष्टको लेखन तथा निर्देशन रहेको चलचित्र कागतपत्रमा सिल्पा मास्के, नाजिर हुँसुने, सरिता गिरी, भोला सापकोटालगायतका कलाकारको अभिनय रहेको छ । इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । चलचित्रले भावनात्मक रुपमा भन्दा पनि कागजपत्रका लागि जोडिने सम्बन्धमाथी व्यङ्य गरेको निर्देशक अपिल विष्टले जनाएका छन् । कमेडी शैलीको यो चलचित्र चैत्र ८ गतेबाट प्रदर्शन हुनेछ ।
चलचित्रलाई खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीले निर्माण गरेका हुन भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सहनिर्माताका रुपमा छन् ।
Latest Updates
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada