‘कैदीको पत्र’को गीत ‘घरै बसुँ ...’ सार्वजनिक

नेपाली चलचित्र ‘कैदीको पत्र’को गीत ‘घरै बसुँ पिरै पिर हो’ सार्वजनिक गरिएको छ । बैशाख १५ गतेबाट देशभर प्रदर्शन हुने चलचित्रको सार्वजनिक गीतमा प्रमुख कलाकारहरु पृथ्वीराज खत्री फिचर्ड छन् भने कुनाल विश्व र ब्रिटिश अभिनेत्री म्याडिसन लाजारसलाई पनि देख्न सकिन्छ। यस गीतमा सनम कुमार बैरागको शब्द रचना रहेको छ भने बिनम्र कर्माचार्यको संगीत तथा अभिषेक कार्कीको स्वर रहेको छ।
सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको चलचित्रलाई सनम कुमार बैरागले निर्देशन गरेका हुन् । प्रेम र रोमान्सको कथामा बनेको चलचित्रले जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतारचढाव र भोग्नुपर्ने कठिनाइलाई चित्रण गरेको निर्देशक बैरागले बताए ।
दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशीले निर्माण गरेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन छ ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal