पोष्टर सार्वजनिक गर्दै ‘कल्ली’को प्रदर्शन मिति सार्वजनिक
पोष्टर सार्वजनिक गर्दै छायांकनरत् चलचित्र ‘कल्ली’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आउँदो वर्षको कात्तिक २१ गतेलाई चलचित्रको रिलिज मिति घोषणा गरेको हो । यसअघि यही वर्षको चैत २९ गतेलाई प्रदर्शन मिति तोकिएको थियो । तर, छायांकनमा जान ढिलाइ हुँदा पूर्वघोषित मितिमा चलचित्र रिलिज हुन सकेन ।
जुम्लामा छायाँकन भइरहेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् । निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा अभिनेत्री बेनिशा हमाललाई प्रस्तुत गरिएको छ । चलचित्रमा बेनिशा सहित सौगात मल्ल, उत्तम प्रधान, अर्पण थापा, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, बेगम नेपाली लगायतको अभिनय छ ।
हिमाल कडेरिया र अमला देवी राई निर्माता रहेको चलचित्रको कथा निर्देशक सुनारको हो भने महेश दवाडीको पटकथा लेखन रहेको छ । लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली र कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
