युके र आयरल्याण्डमा रिलिज हुँदै बिक्रम जोशीको ‘कामा’

निर्देशक भीमसेन लामा निर्देशीत ब्रिटिश चलचित्र ‘कामा’ युके र आइरल्याण्डमा एकसाथ प्रदर्शन हुने भएको छ । मार्च ७ मा २६० बढी सिनेमा घरमा प्रदर्शन हुने चलचित्र सस्पेन्स, एक्शन र थ्रिलले भरिएको बताइन्छ ।
युकेका बिभिन्न स्थानमा खिचिएको चलचित्रमा बिश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको छ । चलचित्रको ट्रेलरले दर्शकको मन जितिरहेको छ । चलचित्रमा हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताका साथमा नेपाली अभिनेता टंक धमला मुख्य भूमिकामा अभिनीत छन् । विक्रम जोशी कार्यकारी निर्माता, हिराल जोशी निर्माता र एमजी अमीन र ईश्वर श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको कथा स्व. बिसारद बस्नेतको हो भने स्क्रिप्ट हिराल जोशी, विक्रम जोशी र लक्ष्मण सुवेदीले लेखेका हुन् ।
अन्तराष्ट्रिय बजारलाई लक्षित गरि निर्माण गरिएको ‘कामा’ ले इटलीमा सम्पन्न मिलान इन्टरनेशनल चलचित्र मेकर फेष्टिभलमा सर्वाेत्कृष्ट चलचित्र, सर्वाेत्कृष्ट स्क्रिप्ट,सर्वाेत्कृष्ट अभिनेता र सर्वाेत्कृष्ट अभिनेत्रीको चार अवार्ड जितेको थियो । त्यसैगरी,म्याड्रिड इन्टरनेशनल चलचित्र फेष्टिभल–२०२४ मा सर्वाेत्कृष्ट अभिनेता, सिनेमाटोग्राफर र सहअभिनेताको अवार्ड जितेको थियो । थुप्रै फेष्टिभलमा नोमिनेशनमा परेको छ ।
लामो समयदेखि युकेमा बसोबास गर्दै आइरहेका अभिनेता, निर्माता बिक्रम जोशीले यसअघि ‘पासवर्ड’, ‘ह्याप्पी डेज’, ‘हेलो जिन्दगी’ र ‘द सिक्रेट अफ राधा’ चलचित्र निर्माण गरिसकेका छन् । ‘कामा’ छिट्टै अमेरिका, अष्ट्रेलिया, क्यानडालगायतका देशका हलमा तथा केही समयपछि हिन्दीमा भारत र नेपालीमा नेपालका हलमा प्रदर्शन गरिने निर्माण टिमले जानकारी दिएको छ ।




Latest Updates
-
-
-
‘फेरि रेशम फिलिली’ सिक्वेलका रुपमा दर्शकलाई धोका नहुने निर्देशक निरोजको दाबी
-
सेन्सर पास भयो ‘ताण्डवम्’, हटाइयो १० मिनेटको हिंसात्मक दृश्य
-
‘माग्ने राजा’मा विल्सन विक्रमको इन्ट्री, ७ वर्षपछि केदारसँग सहकार्य
-
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri