Mansara

कामना फिल्म अवार्ड २०७५ - अनमोल  र बेनिषा सर्वोत्कृष्ट अभिनेता -अभिनेत्री

२०७५ मंसिर १६
कामना फिल्म अवार्ड २०७५ - अनमोल  र बेनिषा सर्वोत्कृष्ट अभिनेता -अभिनेत्री

लक्स कामना फिल्म अवार्ड २०७५ अनमोल केसी र बेनिषा हमाल सर्वोत्कृष्ट अभिनेताअभिनेत्री घोषित भएका छन् । अनमोल चलचित्र कृ र बेनिशा ब्लाइन्ड रक्सबाट सर्वोत्कृष्ट घोषित भएका हुन ।

हेर्नुस् कामना अवार्ड २०७५ को पूर्ण नतिजा

सिने मासिक कामनाको आयोजना र सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा अवार्ड सम्पन्न भएको हो । कार्यक्रममा प्रतिस्पर्धात्मक २६ सहित कुल ३४ विधामा अवार्ड प्रदान गरिएको छ ।

अवार्ड समारोहमा हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा संगीतकार शम्भुुजित बास्कोटालाई कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मान गरिएको छ । उनीहरुलाई १÷१ लाख रुपियाँसहित सम्मान गरिएको हो ।

मनोरञ्जक प्रस्तुति सहित सम्पन्न अवार्ड समारोहमा कीर्तिमय दिर्घ योगदान सम्मानबाट सम्मानितहरुको सम्मानमा पालैपालो विभिन्न कलाकारहरुले उनीहरु सम्बद्व गीत संगीत प्रस्तुत गरेका थिए भने अभिनेता तथा रंगकर्मीद्वय सरोज खनाल र वीरेन्द्र हमालले मार्किक प्रस्तुति प्रस्तुत गरेका थिए ।

त्यसै गरी कोरियोग्राफर कविराज गहतराजको कोरियोग्राफीमा प्रथम नायिका भुवन चन्द थापादेखि पछिल्लो पुस्ताका नायक नायिकासम्मले विभिन्न कालखण्डका गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

तस्विर सौजन्यः कामना

Mahajatra