चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक
चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार ‘जनयुद्ध दिवस’को अवसर पारेर विश्वज्योती सिनेप्लेक्स हलमा आयोजित पत्रकार सम्मेलनका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।
आगामी फागुन २५ बाट रिलिज हुने चलचित्र राष्ट्रिय भावनामा आधारित छ । ट्रेलरका आधारमा चलचित्रमा भारतले नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तु पेश गरिएको देख्न सकिन्छ ।
यस अघि देशभरका विभिन्न स्थानमा च्यारिटी शो गरिएको चलचित्रको स्कृप्ट चलचित्र विकास बोर्ड अन्र्तगत स्टोरी बैंकबाट उत्कृष्ट स्कृप्ट घोषित भएको थियो । चलचित्रले बोर्डबाट १० लाख रुपैयाँ प्रोत्साहन शुल्क समेत प्राप्त गरेको थियो ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै चलचित्रका निर्देशन तथा कलाकार नवल खड्काले काँडेतारको च्यारिटी शो र प्रचारप्रसार गर्दै जाँदा जनकपपुरमा प्रमुख जिल्ला अधिकारीले हल सञ्चालकहरूलाई चलचित्र नदेखाउन निर्देशन नै दिएको बताए ।
ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकार खड्काले वीरगञ्जमा त्रिमूर्ति सिनेमा घरका मालिकले भारत विरोधी चलचित्र रहेछ नदेखाउनू भन्ने आदेश दिएर शो रोक्न लगाएको आरोप लगाए । उनले सरकारले सेन्सर गरेर चलचित्र देखाउन अनुमति दिइसकेपछि केही व्यवसायी र व्यक्तिहरूले प्रदर्शन रोक्न खाज्दा कानुन आकर्षित हुन्छ की हुँदैन ? भन्दै प्रश्न गरे ।
चलचित्रमा नवल अलावा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय रहेको छ । सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको चलचित्रको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् ।
मणि थापा र दीपक शर्माको संगीत रहेको चलचित्रमा सौरभ लामाको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रकी कार्यकारी निर्माता सत्यकला राई हुन् ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora