महानायक हमालले गरे कान्तिपुर थिएटरको शीलान्यास
राजधानीमा कान्तिपुर थिएटरको शीलान्यास गरिएको छ । कान्तिपुर सिनेमा एकेडेमीले निर्माण गर्न लागेको थियटरको महानायक राजेश हमालले शीलान्यास गरेका हुन् । विगत ९ बर्ष देखी चलचित्रको अध्यापन गराउँदै आइरहेको एकेडेमीले गैह्रिधारा नक्सालको आफ्नै एकेडेमी परिसरमा थिएटर निर्माण थालेको हो ।
अभिनय पारखी र नाट्यकर्मीहरुको लागी थिएटर निर्माण गरेर रंगिन पर्दा र रंगमञ्चलाई जोडेर लाने उदेश्यले कान्तिपुर थिएटरको सुरुवात गरिएको एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी गराए ।
थिएटरको सुरुवातसँगै विद्यार्थीले एकेडेमीमा थिएटर सम्बन्धी अध्ययन र अभ्यासको अवसर पनि पाउने जनाइएको छ । बैशाख अन्त्य सम्ममा निर्माण सक्न्े लक्ष्य राखिएको थियटर १४४ सिट क्षमताको हुनेछ । थिएटरको शिलान्यास गर्दै प्रमुख अतिथि हमालले थिएटरको निर्माणसँगै चलचित्र र रंगमञ्चमा आउन र सिक्न खोज्ने नव प्रवेशीहरुको लागी अवसरको दायरा फराकिलो हुने विश्वास व्यक्त गरे ।
एकेडेमीले गत बर्ष कान्तिपुर सिनेमाज नामक ओटीटी प्लेटफर्मको पनि सुरुवात गरेको थियो ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
