‘माइली’मा अनुबन्धित भइन करिश्मा मानन्धर

चलचित्र ‘माइली’मा अभिनेत्री करिश्मा मानन्धर अनुबन्धित भएकी छिन । बाबू साहेब बलामीको निर्देशन रहने चलचित्रका लागि करिश्मालाई निर्माण पक्षले हालै अनुबन्धित गरेको हो ।
शनिबार करिश्माको पोस्टरलुक सार्वजनिक गर्दै उक्त कुराको जानकारी दिइएको हो । सार्वजनिक पोस्टरलुकमा करिश्मालाई खुशी मुद्रामा देखाइएको छ । करिश्माको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।
निर्देशक बलामीले सत्यघटनामा आधारित चलचित्रमा श्रीमान नभएकी दलित महिलालाई समाजले हेर्ने दृष्टिकोण, नाबालक छोरी हुर्काउन ती महिलाले गरेको संघर्ष र समाजले जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने विषय उठान गरिने बताए । निर्देशक बलामीकै कथा रहने चलचित्रमा शंकर अधिकारी ‘घायल’को पटकथा तथा संवाद छ ।
रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने चलचित्रको छायाँकन असार अन्तिमबाट गरिने जनाइएको छ । नेपाल र दुबईमा छायाँकन हुने भनिएको चलचित्रमा अभिनेत्री प्रियंका कार्की यसअघि नै अनुबन्धित भइसकेकी छिन ।

Latest Updates
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi