करिश्माले पास गरिन एसईई, ३ जीपीए सहित ‘बी प्लस’ ग्रेड

लेन्सनेपाल २०७६ आषाढ १२
करिश्माले पास गरिन एसईई, ३ जीपीए सहित ‘बी प्लस’ ग्रेड

अभिनेत्री करिश्मा मानन्धरले ‘बी प्लस’ ग्रेड सहित एसईई पास गरेकी छिन । करिश्मा एसईई परीक्षामा ३ जीपीए नम्बर सहित उत्तिर्ण भएकी छन् ।

तीन दशक लामो अभिनय यात्रापछि करिश्माले कक्षा ७ बाट मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा अध्ययन गरेकी थिइन । उनले सोही स्कूलबाट एसईई परिक्षा दिएकी हुन् । उनको परीक्षा केन्द्र विजय स्मारक माध्यमिक विद्यालय डिल्लीबजार थियो ।

यो वर्ष ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएका थिए ।