Khusma
Devi
Rawayan

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘कर्मा’ बन्ने

२०८१ श्रावन ११
सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘कर्मा’ बन्ने

सौरभ चौधरीको निर्देशनमा चलचित्र ‘कर्मा’ बन्ने भएको छ । बिहिबार थिम पोस्ट सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरिएको हो । सार्वजनिक थिम पोस्टको पृष्ठभूमिमा युद्ध लड्न हिँडेका सौनिकहरु देख्न सकिन्छ ।

निर्देशक चौधरीकै कथा रहने चलचित्र एक्सन एडभेन्चर जनरामा निर्माण हुने बताइएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने चलचित्रमा बसन्त लम्सालले लगानी गर्नेछन् । निर्माण पक्षले चलचित्रका लागि कलाकार तथा प्राबिधिकको छनौट जारी रहेको बताएपनि थप जानकारी सार्वजनिक गरेको छैन ।

चौधरीले यसअघि ‘लभ डायरीज’ र ‘अगस्त्यः च्याप्टर–१’को निर्देशन गरेका थिए ।