Khusma
Devi
Rawayan

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक

२०८१ भाद्र १९
चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक

चलचित्र ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यम शेर्पा निर्देशित चलचित्र पुस २६ गते बाट प्रर्दशन हुनेछ ।

गत साता मात्र छायांकन सकिएको चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रको छायाँकन सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा गरिएको हो ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा चलचित्र निर्माण गरिएको हो । सामाजिक कथावस्तुमा निर्माण भएको चलचित्रमा निर्देशक शेर्पा स्वयंको पटकथा र संवाद छ ।

चलचित्रमा  दयाहाङ राई,  सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी शेर्पा, सुरवीर पण्डित र कर्मा शेर्पाको अभिनय छ । 

पुरुषोत्तम प्रधान निर्माता रहेको चलचित्रमा गोविन्द बोहरा सह–निर्माता, आङछिरिङ शेर्पा कार्यकारी निर्माता र वीरेन्द्र शाही लाइन प्रोड्युसरका रुपमा रहेका छन् ।