‘कठपुतली’को प्रिमियर
चलचित्र ‘कठपुतली’को प्रिमियर सम्पन्न भएको छ । बुधवार कमलपोखरीस्थित बिग मुभिजमा गरिएको प्रमियरमा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तीहरुको उपस्थिति रहेको थियो ।
हरर जनरमा बनेको कठपुतली हेरेपछि प्रिमियरमा उपस्थित चलचित्रकर्मीहरुले सफलताको शुभकामना दिएका छन् । चलचित्रले पनि राम्रै प्रतिक्रिया पाएको छ । खासगरि चलचित्रको साउण्डको ज्यादा तारिफ भएको छ ।
भिमसेन लामाले निर्देशन गरेको चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई पृथ्वी राना मगरले निर्माण गरेका हुन् । चलचित्रमा सम्पदा मल्लको लेखन रजोएल फ्रूमको छायाँकन रहेको छ ।
कार्यकारी निर्माता समेत रहेकी सम्पदाले चलचित्र हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले चलचित्रले हाम्रै माटोको कथा भन्ने दाबी समेत गरेकी छिन ।
चलचित्रका सहनिर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् ।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
