बेहुली बन्दा यस्ती देखिइन केकी

अभिनेत्री केकी अधिकारीको विवाह सम्पन्न भएको छ । बिहिबार हिन्दु परम्परा अनुसार केकीले प्रेमि रोहित तिवारीसँग विवाह गरेकी हुन् ।
केकीले सामाजिक सञ्जाल फेसबुक मार्फत विवाहका ३ वटा तस्विर सार्वजनिक गर्दै विवाहको शुभ समाचार बाढ्न पाउदा अत्यन्तै हर्षित भएको उल्लेख गरेकी छिन । केकीले अघि लेखेकी छिन – जीवनको नया अध्याय सुरू गर्दै गर्दा म र मेरो जिवन साथीले उपहार स्वरूव यहाँहरुको आशिर्वादको अपेक्षा गरेका छौँ । यहाँहररुको माया, साथ र सद्भाव हामी प्रति सदैव कायम रहने कुरामा हामी विस्वस्त छौँ ।
केकी र रोहितको परिवारका सिमित सदस्यहरुको उपस्थितिमा विवाह सम्पन्न भएको हो । उनीहरु केही समयदेखि प्रेम सम्बन्धमा थिए । केकीका श्रीमान् रोहित तिवारी हाम्रो बजार डटकमका सीइओ तथा फुडमारियोका सह–संस्थापक तथा सीइओ हुन ।
तस्विर: केकी अधिकारीको फेसबुकबाट

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi