Missing Movie Online

चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायाङ्कन पूरा

२०८१ भाद्र २३
चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायाङ्कन पूरा

चलचित्र ‘के घर के डेराः घर नम्बर २’को छायाङ्कन पूरा भएको छ। निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्रको छायाङ्कन २५ दिनमा सकिएको हो । निर्देशक खनालले प्राविधिक र कलाकारहरूको सहयोगका कारण छायाङ्कन निर्धारित समयभित्रै सकिएको जानकारी दिएका छन् ।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, सन्जोग रसाइली, रुविना घिमिरेलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सामाजिक कथावस्तुमा निर्माण गरिएको चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् भने शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठ निर्माता रहेका छन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भएको चलचित्र माघ ११ गते रिलिज जनाइएको छ ।

बुद्धि सागरको लेखन रहेको चलचित्रमा कृष्ण बहादुर थापाको छायाँकन रहेको छ ।

Jwai Sap
Aktor
Kumari Bank