वेब सिरिज ‘क्रियापुत्री’ बन्ने

वेब सिरिज ‘क्रियापुत्री’ बन्ने भएको छ । सोमबार राजधानीको कमलादीस्थित गणेश मन्दिरमा मुहुर्तसँगै छायांकन सुरु भएको छ ।
निर्देशक बाबु बलामीको निर्देशन रहने सिरिजमा शिबानी बलामीको प्रस्तुति रहने छ । सिरिजमा पिउस मगर, देव महर्जन, बद्री शाह, सौरभ नूतन, सिजन तिवारी, विकास थापा, मेनुका माझी लगायतका कलाकारको अभिनय रहने जनाइएको छ ।
निर्देशक बलामीले सिरिजमा आमाबाबुको निधनपछि क्रियाकर्म गर्ने एक नारी समाजमा कसरी अगाडि बढ्छिन् र क्रियाकर्म गर्न नसक्ने वर्गलाई कसरी सहयोग गर्छिन् भन्ने कुरा देखाइने बताए ।
शिबानी बलामी, रवीराज आचार्य र बद्री शाह निर्माता रहेको सिरिजमा पारस कुँवरको लेखन, सौखिन तिमिल्सिनाको सम्पादन, जीवन श्रेष्ठको छायांकन, तर्कराज न्यौपानेको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र सुरेश पाण्डेको कोरियोग्राफी रहनेछ ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral