Mahajatra

चलचित्र ‘कोपिला’ को शुभ मुहुर्त

२०७५ पौष ८
चलचित्र ‘कोपिला’ को शुभ मुहुर्त

चलचित्र ‘कोपिला’ को शुभ मुहुर्त गरिएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने चलचित्रको आइतबार चितवनको हाकिमचोकमा रहेको मालिका मन्दिरमा मुहुर्त गरिएको हो । कार्यक्रममा कलाकारहरु सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहुर्त सट दिएका थिए ।

निर्देशक तथा लेखक अधिकारीले ‘कोपिला’ हाम्रै गाउ समाजमा घट्ने घट्नामा आधारित चलचित्र रहेको बताएका छन् । चलचित्रका प्रस्तुतकर्ता गणेश गिरीले यस अघी निर्माण गरेको पञ्चायत जस्तै कोपिला पनि सामाजिक कथा बस्तुमा आधिरित रहेको जनाए । गणेश गिरिको प्रस्तुती रहेको चलचित्रलाई करुणकर घिमिरे र मणिराज गौतमले निर्माण गर्नेछन । सुबासराज काफ्ले कार्यकारी निर्माता रहेको चलचित्रमा समिर मिया, रामेश्वर र मेनुका ढुंगाना सहनिर्माताको रुपमा रहेका छन ।

चलचित्रमा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने छ । चलचित्रमा रामेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ ।