निर्मला बलात्कार प्रकरणमा आधारित ‘कोपिला’को च्यारिटी शो
चलचित्र ‘कोपिला’को च्यारिटी शो सम्पन्न गरिएको छ । हेटौंडाको एनएस सिनेमा हलमा सम्पन्न शोमा चलचित्रले सकारात्मक प्रतिक्रिया पाएको छ । कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आधारित भएर बनेको चलचित्रलाई शिवम अधिकारीले निर्देशन गरेका हुन् ।
कवानपुर जागरण अभियानले आयोजना गरको च्यारिटीमा स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेवी पन्तको समेत उपस्थिति रहेको थियो । उनलाई आभार पत्र सहित च्यारिटीबाट संकलित मध्येको ५० हजार रुपैयाँ प्रदान गरिएको थियो । उनलाई निर्देशक अधिकारी, निर्माता मणिराज गौतम, गणेश गिरी, सुवासराज काफ्ले जागरण अभियानका अध्यक्ष कृष्णराज कोइरालालगायतले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका छन् । च्यारिटीमा अभिनेता रमित ढुंगाना, निर्मात्री कृषा चौलागाईं, पत्रकार डब्बु क्षेत्री, निर्देशक गोविन्द गौतमलगायत महिला अधिकारकर्मी र संचारकर्मीको समेत उपस्थिति थियो ।
निर्देशक अधिकारीकै लेखन रहेको चलचित्रमा संजीवनी खरेल, सरिता गिरी, गणेश गिरी, ऋद्धिचरण श्रेष्ठ, बिमल पौडेल, प्रेमवर्षा खनाल, अश्मिता जुरेली, अस्मेन घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ । मणिराज गौतमले निर्माण गरेको चलचित्रमा रामेश्वर कार्कीको छायाँकन, बन्दे प्रसादको सम्पादन र दीपक शर्माको संगीत रहेको छ । चलचित्रमा निर्मलाको भूमिकामा निभाएकी संजीवनीको कामको समेत तारिफ भएको छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora