पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ
जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले जोशीलाई शाहका लागि मतियारको काम गरेको आरोपमा पक्राउ गरेको हो ।
शुक्रवार तनहुँबाटै पक्राउ परेका जोशीलाई हिरासतमा राखि अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले ७ दिनको म्याद दिएको छ । शुक्रबारै जोशीलाई अदालत पेश गरिएको थियो ।
जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत भएका शाहले भने आफुलाई फसाउन षडयन्त्र गरिएको र उक्त षडयन्त्रमा जोशी समेत संलग्न रहेको आरोप लगाएका थिए । लुकि बसेको अवस्थामै ६ वटा अडियो सार्वजनिक गर्दै शाहले जोशीलाई उक्त आरोप लगाएका थिए । तर, अनुसन्धानको क्रममा प्रहरीले जोशीलाई शाहकै लागि मतियारको काम गरेको प्रमाण भेटेकोले थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।
पलको उक्त आरोप लगत्तै केही युट्युब च्यानलमा अन्र्तवार्ता दिदै जोशीले नाबालिगसँग मिलेर आफूहरूले पल शाहलाई फसाउने षड्यन्त्र बनाएको र दुर्गेश थापासहितकाले शाहको हत्या समेत योजना बनाएको दाबी गरेका थिए।
Latest Updates
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
