सकियो पुष्प र श्रद्धाको ‘कृष्ण–लीला’

चलचित्र ‘कृष्ण–लीला’ को छायाँकन सम्पन्न भएकोे छ । मंसिर दोश्रो सातामा झापाबाट सुरु गरिएको चलचित्रको आइतबार झापामै ‘इन्ड कल्याप’ गरिएको हो ।
दिपक वलीको निर्देशनमा बनेको चलचित्र करिब ४० दिन निरन्तर छायाँकनमा सकिएको हो । चलचित्रमा अभिनेता पुष्प खड्का कृष्ण र अभिनेत्री श्रद्धा क्षेत्री लीलाको भूमिकामा रहेको बताइएको छ । रोहित कट्टेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता तथा प्रकाश कार्की र केवल तामाङ निर्माता रहेको चलचित्रको गीतमा अर्जुन पोखरेलको संगीत र रामजी लामीछानेको कोरियोग्राफी छ ।
लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारले अभिनय गरेका छन् । आरआर फिल्मस्को ब्यानरमा निर्मित चलचित्रको छायाँकार शिब ढकाल हुन । झापा, इलाम र पाँचथरका बिभिन्न रमणीय स्थानमा खिचिएको चलचित्रको प्रदर्शन मिति केही समयमै तय गरिने जानकारी प्रस्तुतकर्ता रोहितले दिएका छन् ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi