भाद्र ३ मा ‘कृष्ण लिला’

श्रद्धा क्षेत्री र पुष्प खड्काको मुख्य भुमिका रहेको चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गतेबाट प्रदर्शनमा आउने भएको छ । कृष्ण जन्माष्टमीको अवसर पारेर उक्त चलचित्र प्रदर्शनमा आउन लागेको हो ।
दिपक वलीले निर्देशन गरेको चलचित्रलाई सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता रत्न श्रेष्ठ हुन् । शिव ढकालको छायाँकन रहेको चलचित्रमा श्रद्धा र पुष्पका अलवा बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ ।
यसअघि कोरोनाको महामारीका कारण चलचित्रको प्रदर्शन स्थगित हुन पुगेको थियो ।

Latest Updates
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi