‘ईश्वर’बाट आशाबादी कृष्टिन
गुरुङ चलचित्रमा अभिनय गरिरहेकी नायिका कृष्टिन गुरुङ यही साउन ११ गतेबाट रिलिज हुने चलचित्र ‘ईश्वर’मा नायिकाकै रुपमा दर्शकमाझ आउँदैछिन् । यसअघि चलचित्र ‘दयारानी’मा छोटो भूमिकामा अभिनय गरेकी उनी ‘ईश्वर’मा भने प्रमुख भूमिकामा नै छिन् ।
कृष्टिनका अनुसार चलचित्रका निर्माता ध्रुव थापा र माओत्से गुरुङका कारण उनी यो चलचित्रमा जोडिएकी रहिछन् । ‘उहाँहरु यो चलचित्रका लागि मंगोलियन अनुहारको नायिका खोजिरहनुभएको रहेछ । उहाँहरुसँग भेट भएपछि ईश्वरमा जोडिएँ’, कृष्टिन भन्छिन् ।
गुरुङ चलचित्रमा ग्रामीण चरित्र निर्वाह गरेकी कृष्टिनले ‘ईश्वर’ मा पनि त्यही चरित्रलाई निरन्तरता दिएकी छन् । ‘चलचित्रमा मेरो चरित्रको नाम मिनु हुन्छ । म विद्यालयकी शिक्षिका छु । म आफ्नो चरित्रबाट सन्तुष्ट छु’, कृष्टिन भन्छिन् ।
चलचित्रको ट्रेलरमा कृष्टिनसँग चलचित्रका नायक ध्रुव थापा र कलाकार बुद्धि तामाङको प्रेम देखाइएको छ । ‘चलचित्रमा बुद्धि दाई मेरो फुपुको छोरा र म चाहिँ बुद्धि दाईको मामाको छोरी छु । नाताले हामी सोल्टी सोल्टिनी । हाम्रो संस्कृतिमा सोल्टी सोल्टिनीको हक लाग्ने भएकाले पनि हामीलाई एकअर्का प्रति नजिकिएको देखाइएको छ’, उनी भन्छिन् ।
कृष्टिनको अनुभवमा उनलाई मिनु चरित्र निभाउन केही चुनौती पनि अनुभव भएको रहेछ । ‘म सानो क्यारेक्टरबाट नेपाली चलचित्रमा आएकी हुँ । सुरुदेखि नै ठूलो क्यारेक्टरबाट आएको भए त्यो च्यालेन्ज हुँदैन थियो होला । तर ईश्वरमा केही च्यालेन्ज चाहिँ भयो’, कृष्टिनको बुझाई छ ।
कृष्टिनले सिरिज ‘क्राइम फाइल’मा मात्र आधुनिक गेटअपमा अभिनय गरेकी रहिछन् । ‘मलाई गाउँले जनराकै चलचित्र मनपर्छ । त्यहीकारण अहिलेसम्म ग्रामीण किसिमकै चरित्र निभाइरहेकी छु । किनभने त्यही रहनसहनमा हुर्केकी छु । मलाई आधुनिक क्यारेक्टरमा फिट हुँदैन कि जस्तो लाग्छ’, उनी भन्छिन् ।
गुरुङ भाषाका चलचित्रबाट नेपाली चलचित्रमा आफूले पाइला टेकेकाले आफ्नो कामलाई दर्शकले मनपराइदिनेमा उनी ढुक्क छिन् । ‘म ईश्वरबाट आशावादी छु । अहिले ईश्वरमा नै ध्यान दिइरहेको छु । अरु चलचित्रको लागि कुरा गरेकी छैन् । ईश्वरबाट कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि अरु चलचित्र गर्ने या नगर्ने भन्ने टुंगो लाग्छ’, उनी भन्छिन् । चलचित्र ‘ईश्वर’मा राजु गिरीको निर्देशन छ ।
Latest Updates
-
अमेरिकाका २० भन्दा बढी राज्यमा प्रदर्शन हुँदै ‘बेहुली फ्रम मेघौली’
-
चलचित्र ‘ह्रस्व दीर्घ’ नेपाल पनि नेपाली हिन्दी भाषामा रिलिज हुने
New Releases (Ashwin 24)
-
Jwai Saab
Director : Basanta Niraula
Casts : Jitu Nepal, Niti Shah, Himesh Panta, Buddhi Tamang, Ramesh Budhathoki -
12 Gaun
Director : Biraj Bhatta
Casts : Biraj Bhatta, Samir Bhatta, Sonu Chandrapal, Muralidhar, Sanisha Bhattarai -
Chhakka Panja 5
Director : Deepa Shree Niraula
Casts : Deepak Raj Giri, Kedar Ghimire, Barsha Shiwakoti, Prakash Ghimire, Rajaram Poudyal
Next Releases (Kartik 30)
-
Missing: Keti Harayeko Suchana
Director : Deependra Gauchan
Casts : Shristi Shrestha, Najir Hussain, Durga Sanjay Gupta, Ram Narayan Thakur, Madan Thakur