Mahajatra

अभिनेत्री कृति भट्टराईले गरिन दोस्रो विवाह

२०७६ आषाढ ११
अभिनेत्री कृति भट्टराईले गरिन दोस्रो विवाह

अभिनेत्री कृति भट्टराईले दोस्रो विवाह गरेकी छन् । बुधबार दरबारमार्ग स्थित लक्ष्मी नारायणको मन्दिरमा इन्जिनियर रोहित पौडेलसँग हिन्दू परम्परा अनुसार कृतिको विवाह सम्पन्न भएको हो ।

केही समय देखि प्रेममा रहेका रोहित र कृतिको विवाहमा दुबै पक्षका परिवार र साथिभाइहरुको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो । 

कृतिले यस अघि सञ्चारकर्मी तथा निर्देशक रवि श्रेष्ठसँग प्रेम विवाह गरेपनि केही समयमा नै डिभोर्स गरेकी थिइन । रविसँग उनको प्रेम र अन्तरजातीय विवाह भएको थियो ।

पछिल्लो समय टेलिभिजन कर्म र अर्ग्यानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आइरहेकी कृति सन् २००३ पछि चलचित्रमा देखिएकी छैनन् । ‘विश्वास’, ‘उनको सम्झनामा’ र ‘उपहार’ चलचित्रमा अभिनय गरेकी कृतिले टेलिचलचित्र तर्फ ‘गहना’, ‘कसलाई आफ्नो भनुँ’ लगायतमा अभिनय गरेकी थिइन ।