Jwai Sap
Aktor

‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

२०८१ असोज २१
‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा रेलको लिकमा कलाकारहरु नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । पृष्ठभूमिमा अर्का कलाकार दुरा सञ्जय गुप्ता र उनको पछाडि जनकपुर–जयनगर रुटमा चल्ने रेललाई राखिएको छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ ।

कार्तिक ३० गते रिलिज हुने चलचित्रलाई दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । यसअघि उनले ३२ वर्षअघि डकु–ड्रामा ‘उजेली’ निर्देशन गरेका थिए । चलचित्रमा नाजिर, सृष्टि र सञ्जयसँगै रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाहको विशेष भूमिका छ ।

ट्री सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्री सिटी पिक्चर्सको व्यानरमा निर्माण भएको हो । चलचित्रमा अमर महर्जनको डीओपी, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको द्वन्द्व, दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर र राजीव कर्णको कोरियोग्राफी छ ।

निर्देशक गौचनकै लेखन रहेको चलचित्रका निर्माता पनि उनै हुन् । नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रका सह–कार्यकारी निर्मातामा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन र चन्द्र भट्टचन, सञ्जय भट्टचन रहेका छन् । यस्तै अमितेष शाह चलचित्रका सह निर्माता हुन् ।

Behuli From Meghauli