‘ज्वाइँ साब’ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक
दोस्रो सातामा प्रदर्शनरत चलचित्र ‘ज्वाइँ साब’ नयाँ गीत ‘कुहिरोको दरबार’ सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गीतमा जनक ताम्राकार र महेश ताम्राकारको स्वर, हर्क साउदको शब्द, महेश ताम्राकारको संगीत, जानरिक्सको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
गीतको भिडियोमा चलचित्रका कलाकार जितु नेपाल, निती शाह, बुद्धि तामाङ र हिमेश पन्त फिचर्ड छन् । गीतले तीन कलाकारको यात्रालाई चित्रण गरेको छ । भिडियोमा जितु र नितीको रोमान्टिक भावलाई पनि देखाइएको छ ।
चलचित्रले दोस्रो सातासम्म आइपुग्दा ३ करोड २५ लाख ग्रस कलेक्सन गरिसकेको छ । राजकुमार पण्डित प्रस्तुतकर्ता र वसन्त निरौला निर्देशक रहेको चलचित्रमा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारहरुको अभिनय छ ।
रेड आइ फिल्मसको व्यानरमा निर्मित र समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको चलचित्रमा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ ।
Latest Updates
-
‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा फिल्म साउथ एसिया महोत्सव सुरु
-
मंसिर १२ गते राष्ट्रिय चलचित्र पुरस्कार, सरकारी सञ्चारमाध्यममा चलचित्रको निशुल्क प्रचार !
New Releases (Mangshir 7)
-
Tel Visa
Director : Shankar Ghimire
Casts : Bipin Karki, Barsha Raut, Puja Chand, Richa Ghimire, Buddhi Tamang
Next Releases (Magh 16)
-
Aktor
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev