कुमारी बैंकमा विना धितो फोनबाटै एक लाखसम्म ऋण !

कुमारी बैंक लिमिटेडले फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ । आफ्ना ग्राहकको सुविधाका लागि प्रदान गरिने सेवाहरुलाई थप सहज बनाउँदै आएको बैंकले डिजिटल मैत्री कर्जा सुबिधा सञ्चालनमा ल्याएको हो । ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले नयाँ सेवा फोनलोन संचालनमा ल्याएको बैंकले जनाएको छ ।
यो सेवा अन्र्तगत कुमारी बैंक लि.मा विभिन्न तलब खाता संचालन गरिरहेका ग्राहकहरुले बढीमा ३० दिनसम्मका लागि अधिकतम रु १ लाखसम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । भने कर्जाको लागि कुनै पनि धितोको आवश्यकता नरहने र कुनै निवेदन दिन र कानूनी कागजात गरीरहनु नपर्ने बैंकले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख छ ।
आवश्यक खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा विश्वस्त देखिएको बैंकले आगामी दिनमा आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लगिने विश्वास पनि दिलाएको छ ।
देशव्यापी १८४ शाखा–संजाल, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Latest Updates
-
-
काठमाडौंमा ‘अञ्जिला’को रेड कार्पेट प्रिमियर, निर्देशकको प्रसंसा
-
कर्णालीलाई चलचित्रबाट चिनाउन सद्भावना दूत बन्न तयार प्रदिप खड्का
-
-
-
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral