‘कुस्ती’ निर्माणको घोषणा, धीरज र मिरुनाको मुख्य भूमिका रहने
तमु ल्होसारको अवसर पारेर कलाकार बुद्धि तामाङको निर्माण रहने फिल्म ‘कुस्ती’ घोषणा गरिएको छ । अनिल योञ्जनको लेखन तथा निर्देशन रहने फिल्मको पोस्टरमा धीरज मगर र मिरुना मगर फिचर्ड छन् ।
लाइट ग्रीन र लाइट पिङ्कको प्रयोग गरिएको पोस्टरमा धीरज लाइट पिङ्क ड्रेसमा सोफाको एक भागमा बसेका छन् । मिरुना भने लाइट ग्रीन ड्रेसमा सोफाको अर्को भागमा बसेकी छन् । धीरज हँसिलो भावमा छन् । मिरुना निराश देखिन्छिन् । अलग स्वभावका दुई पात्रको प्रेमकथामा फिल्म बन्ने पोस्टरले संकेत गर्छ । फिल्ममा धीरज र मिरुनासँगै बुद्धि तामाङको पनि अभिनय रहने छ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालीको व्यानरमा बन्ने फिल्म ‘कुस्ती’मा सम्बन्धमा रहेको एक जोडीको प्रेम कथा देखाइने निर्देशक योञ्जनले बताए । कलाकार बुद्धि तामाङले कथावस्तु र टिमका कारण आफू निर्माणमा आएको बताए । उनले भने, ‘म यसै क्षेत्रमा छु । यसपटक कथावस्तु मन पर्नुका साथै टिम अनुभवी रहेकाले निर्माताको रुपमा अगाडि आएको छु।’ फिल्म आउँदो वर्ष २०८२ को भाद्रमा प्रदर्शन हुनेछ।
Latest Updates
-
चलचित्र विकास बोर्डद्वारा चलचित्र विषय अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
चलचित्रको लागि सेन्सर बोर्ड नै अन्तिम निकाय हुनुपर्छ - पूर्व मन्त्री झाक्रीले भनिन्
-
चलचित्र ‘माया प्रीति’को मुख्य भूमिकामा दिव्या रायमाझी अनुबन्ध
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora