‘पासवर्ड’ निर्माताको बलिउड चलचित्र ‘लैला मंजु’
यसअघि चलचित्र ‘पासवर्ड’ निर्माण गरेको कम्पनी एबी इन्टरनेशनलले बलिउड चलचित्र निर्माण गरिरहेको छ । बलिउड चलचित्र ‘लैला मंजु’को छायाँकन शुरु भएको निर्माताद्वय अमित बस्नेत र अजित केआर थापाले जानकारी दिएका छन् ।
जनवरी २ देखि युकेमा छायाँकन भइरहेको चलचित्रलाई प्रेमराज सोनीले निर्देशन गरिरहेका छन् । चलचित्रमा फरिदा जलाल, शशांक व्यास, अभिमन्यु टोमर, नेहाल चुडास्मा, जेसी लिभर, लुलिया भन्तुर, महेश मंजेकर, जिम्मी शेर्गिल, रजित कपूर, निकी अनेजालगायतका कलाकारको अभिनय रहने छ ।
फरिदा बलिउडकी नाम चलेकी अभिनेत्री हुन् । झन्डै ५ दशक लामो अभिनय यात्रामा उनले २ सय बढी चलचित्रमा काम गरिसकेकी छन् । शशांक कलर्स टिभीको चर्चित सिरियल ‘बालिका बधु’मा जगदीश सिंहको भूमिकामा थिए । यस्तै अभिमन्युले केहि म्युजिक भिडियो र विज्ञापनमा काम गरिसकेका छन् । नेहा ‘मिस युनिभर्स इण्डिया – २०१८’को विजेता हुन् । भने, जोनी लिभरका छोरा जेसीले यसअघि ‘वार’ र ‘ए साली आशिकी’मा अभिनय गरिसकेका छन् ।
चलचित्र २०२० मै रिलिज हुनेछ । एबी इन्टरनेशनलसँग निर्माणमा डि।एन।ए पिक्चर्सले सहकार्य गरेको छ । एबी इन्टरनेशनलको नेपाली चलचित्र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको लागि तयार छ ।
Latest Updates
-
गोरखाबाट चलचित्र ‘पहाड’को छायाङ्कन सुरु, आठ वर्षपछि निर्देशनमा फर्किए घिमिरे
-
चलचित्र ‘जुनाः एक व्यथा’को रत्यौली गीत ‘साली ज्यू’ सार्वजनिक
New Releases (Magh 16)
-
Aktor: Take One
Director : Rajan Bhusal
Casts : Pradeep Khadka, Raj Ballav Koirala, Anna Sharma, Divya Rayamajhi, Divya Dev
Next Releases (Magh 25)
-
Juna
Director : Jeevan Century
Casts : Asmita Dhakal, Krishna Prasad Dhital, Deshbhakta Khanal, Rashmi Bhatta, Kamal Bohora