Missing: Kt Harayeko Suchana
Juna
Rangi

चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक

२०८१ पौष १७
चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक

चलचित्र ‘लाज शरणम्’को पोस्टर सार्वजनिक गरिएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर निर्माण टिमले तीन वटा पोस्टर सार्वजनिक गरेको हो ।

महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शन हने चलचित्रमा गम्भीर विषयलाई रमाइलो तरिकाले प्रस्तुत गरिएको संकेत पोष्टरले गरेको छ । 

कुमार कट्टेल (जिग्री ब्रो)को निर्देशन रहेको चलचित्रमा चलचित्रमा मुकुन्द श्रेष्ठ, विजय बराल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, माला लिम्बुसँगै सक्किगोनि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियाना आचार्य (मुन्नी), बबिन राई (गल्फने बाजे), रामभजन कामत, कमलमणि नेपाल (खुपीका बाउ)लगायत  कलाकारको अभिनय छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

Kumari Bank