Mansara

प्रकाश सपुत र रियासाको ‘लालुमै लालुमै’

२०७६ भाद्र १९
प्रकाश सपुत र रियासाको ‘लालुमै लालुमै’

गायक प्रकाश सपुत र युट्युबर रियासा दाहालको अभिनय रहेको ‘लालुमै लालुमै’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा नेपाल आइडलबाट चर्चामा आएका सुरज थापाको शब्द तथा संगीत र विवेक थापा र तारा थापाको स्वर रहेको छ । नेपाली लोक शैलीको गीतमा प्रकाश र रियासासँगै कुमार लामापनि अभिनय रहेको छ ।

सुरज आफैले निर्देशन गरेको भिडियोमा गम्भीर विष्टको कोरियोग्राफी, उत्तम हुँमागाइँको छायाँकन र प्रविण भट्टको सम्पादन रहेको छ ।

Mahajatra