फागुन १३ ‘लप्पन छप्पन २’ कि ‘म यस्तो गीत गाउछु २’

फागुन १ गतेबाट स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलचित्र हल सञ्चालनको अनुमति दिन सीसीएसीसीले सरकारलाई सिफारिस गरेको छ । यो सिफारिस सँगै अब फेरी कुन चलचित्र कहिले प्रदर्शन गर्ने भन्ने अन्यौल देखिन थालेको छ ।
त्यसो त क्यालेण्डरमा रातो अक्षर देख्दा साथ चलचित्र प्रदर्शनका लागि तछाड मछाड गर्ने निर्माताहरुको पुरानै रोग हो । यसपटक पनि यस्तै देखिने पक्का छ । तर, चलचित्र संघले आगामी बैशाख सम्म एउटा मितिमा एउटा मात्र नेपाली चलचित्र रिलिज गर्ने नियम बनाएका कारण यो लफडा तहमा भने कम देखिन सक्छ ।
त्यसो त अहिले एक महिना हल बन्द हुँदा पूर्व निर्धारित रिलिज क्यालेण्डर फेरी भताभुङ भएको छ । यद्यपी तत्कालका लागि निर्माताहरुको आखा परेको छ फागुन १३ को डेटमा । नपरोस् पनि किन फागुन १७ गते महाशिवरात्री र १९ गते ग्याल्पो ल्होछारको सार्वजनिक विदा छ । यो मितिमा चलचित्र लप्पन छप्पन २ ले प्रदर्शन मिति तय गरिसकेको छ । तर, यतिबेला अर्को चलचित्रले पनि त्यति मितिमा आँखा लगाएको छ । चलचित्र म यस्तो गीत गाउँछु २ का वितरक करण श्रेष्ठ यो मितिमा आफ्नो चलचित्र प्रदर्शनका लागि दौडधुपमा छन् । लप्पन छप्पन २ का निर्मातालाई मनाउनका लागि छलफल गरिरहेको छन् । तर, लप्पन छप्पन पछि नसरी म यस्तो गीत गाउछु आउन सक्ने अबस्था छैन ।
त्यसो त अहिले सम्म लप्पन छप्पनले पनि आक्रामक प्रचार शुरु गरेको छैन । यसर्थ यो चलचित्रको प्रदर्शन सोही मितिमा हुन्छ भनेर पनि भन्न सकिने अवस्था छैन । हेरौं उक्त मितिमा कुन चलचित्रले बाजी मार्छ ।
[MOVEI2]

Latest Updates
-
‘पिताम्बर’को ट्रेलर सार्वजनिक, नारीको अस्मिता रक्षाका लागि पिताम्बरको जन्म !
-
‘ऊनको स्वीटर’को टिजर रिलिज, मिरुनाको डायरीमा अटो भर्दै विपिन
-
-
-
-
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi