Missing: Kt Harayeko Suchana
Juna
Rangi

‘सतीदेवी’ पछि ‘पार्वती’ बनाउँदै लक्ष्मण

२०८० माघ २२
‘सतीदेवी’ पछि ‘पार्वती’ बनाउँदै लक्ष्मण

पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन निर्माण तथा निर्देशनमा बन्ने नयाँ चलचित्र ‘पार्वती’ को घोषणा गरिएको छ । सुवेदीको लेखन निर्माण तथा निर्देशन रहेको अर्को चलचित्र ‘सतीदेवी’ सेन्सर पास भएर प्रदर्शनको तयारीमा रहेको छ ।

‘सतीदेवी’ मा बाबु छोरीको सम्बन्धको कथा उठाएका सुवेदीले यस चलचित्रमा सामाजिक प्रेमकथालाई उठाउने सुवेदीले बताए । चलचित्रको टाइटल डिजाईनमा दुई युवतीको छायाँलाई देखाईएको छ। यो कथा संग मेल खाने र अर्थ पूर्ण रहेको सुवेदीले जनाए ।

सामाजिक कथामा निर्माण हुने चलचित्रको छायाँकन जेठ महिनामा गर्ने तयारी रहेको सुवेदीले बताए । दिलासा र सारा सुवेदीको प्रस्तुति रहेको चलचित्रको निर्मातामा श्रीदेवी सुवेदी छिन् । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनको प्रस्तुति रहने चलचित्रको प्रदर्शन २०८१ सालको महाशिवरात्रीमा गर्ने तय गरिएको छ ।

नेपाली र अंग्रेजी भाषामा बन्ने चलचित्रमा अभिनय गर्ने कलाकार तथा अन्य प्राविधिकहरुको बारेमा भने खुलाइएको छैन । ‘गाउँले केटि मो’ स्लोगन दिईएको चलचित्र ‘पार्वती’ नारी प्रधान कथामा बन्नेछ । चलचित्रको गीत र निर्माण समेत सुवेदीकै रहनेछ ।

Kumari Bank