Missing: Kt Harayeko Suchana
Juna
Rangi

लक्ष्मी अभिनित हिन्दी गीत ‘जिम्मी चू’ सार्वजनिक

२०८१ भाद्र ११
लक्ष्मी अभिनित हिन्दी गीत ‘जिम्मी चू’ सार्वजनिक

चर्चित मोडल तथा नेपाली चलचित्रकी सफल अभिनेत्री लक्ष्मी बस्नेत अभिनित हिन्दी गीतको भिडियो ‘जिम्मी चू’ सार्वजनिक गरिएको छ ।

बलिउडमा आफ्नो करियर बनाउँन कोसिस गरिरहेकी कलाकार बस्नेतले यो भिडियोलाई आफ्नो ड्रिम प्रोजेक्ट भएको जनाएकी छिन । भिडियोमा बस्नेत निकै ग्ल्यामर अवतारमा प्रस्तुत छिन । उनीसँगै रविन्द्र कुहारले पनि भिडियोमा अभिनय गरेका छन् । सार्वजनिक गीतमा मेघा भारद्वाजको स्वर, राम्या लेयरको शब्द र तिनु अरोराको संगीत रहेको छ ।

संगीत कौशिकले निर्देशन गरेको भिडियोमा अजित गाडेको कोरियोग्राफी रहेको छ । आर स्वामीको प्रस्तुति रहेको भिडियोलाई सन्दिप जैनले निर्माण गरेका हुन् ।

Kumari Bank