‘लाइफ इन एलए’को रिलिज पोस्टपोन्ड, अब जेष्ठ ६ मा प्रदर्शन हुने

चलचित्र ‘लाइफ इन एलए’को रिलिज पोस्टपोन्ड भएको छ । पूर्व निर्धारित मितिबाट पछि सर्दै यो चलचित्र अब जेष्ठ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ । यसअघि बैशाख ९ गतेका लागि प्रदर्शन मिति तय गरिएको थियो ।
सूर्य एन श्रेष्ठको निर्देशन रहेको चलचित्रमा ब्यास बिस्सु, अकेशा विष्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसहित अमेरिकामा बसोबास गर्ने जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतका कलाकारको अभिनय छ ।
अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्रले यसअघि अमेरिकाकौ केही स्थानमा प्रदर्शन गरिएको छ । चलचित्रमा एलिस कार्की र प्रतिक पौडेलको संगीत र प्रताप दास र कविता श्रेष्ठ स्वर, भूपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन र कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी रहेको छ ।
ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् । दीपक वली चलचित्रका एसोसियट निर्देशक हुन् ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi