सरोज खनाल र राजु गिरीको निर्देशनमा ‘लाइटर’ बन्ने

राजु गिरी र सरोज खनालको निर्देशनमा चलचित्र ‘लाइटर’ निर्माण हुने भएको छ । चलचित्रको निर्माण टिमले सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।
खनाल एसके प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रको अहिले धमाधम प्रिप्रोडक्सनको काम भइरहेको जनाइएको छ । मंसिर दोस्रो साताबाट फ्लोमा जाने चलचित्रका लागि कलाकार छनोटको काम समेत भइरहेको र केही दिनमा कलाकार र प्राविधिक टिम सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ ।
निर्माता सरोज खनाल निर्देशक गिरीसँग मिलेर निर्देशनमा समेत डेव्यु गर्दैछन् । अष्ट्रेलियामा बस्ने खनालले एक दशक लामो समयदेखि मेलवर्नमा एसके फ्रेस प्रालीको सञ्चालन गर्दै आएका छन् । उनी व्यवसायका अलवा समाजसेवामा समेत सक्रिय छन् ।
देवेन्द्र खनाल निर्माता रहेको चलचित्रमा मेघनाथ खनाल, बलराम बिष्ट, रचना केसी, सुमन गिरी, विजय विराज खत्री, तुलसा खनाल र रेमन्त वली सह निर्माताको रुपमा रहेका छन् ।
Latest Updates
New Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi -
Karma
Director : Saaurav Chaudhary
Casts : Bipin Karki, Upasana Singh Thakuri, Mukun Bhusal, Divya Dev, Suzyan Silwal
Next Releases (Jestha 15)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Miruna Magar, Khagendra Lamichhane, Malika Mahat